प्रकाशित मिति : २०१९-०९-१७

विभाग नेपाल सरकारको नियामक निकाय हो । सहकारी संस्थाहरूको नियमन प्रशासकीय प्रक्रिया हो तर यो शैक्षिक प्रक्रिया पनि हो । प्रायः नियमनमा प्रवर्धन सेवाहरू समेत पर्दछन् । यसरी विभागका कार्यहरूलाई (क) नियमन (ख) प्रवर्धन र (ग) प्रशिक्षण गरी तीनोटा शीर्षकअन्तर्गत राख्न सकिन्छ ।

क. नियमन

विभागीय नियामक सेवाहरू सहकारी संस्थाहरू सिद्धान्तअनुरूप चल्दछन्,  तिनले प्रचलित कानुनको पूरै पालना गर्दछन् र ती दुष्कर्मबाट संरक्षित हुनुका साथै राम्ररी शासित छन् भन्ने सुनिश्चित गर्नमा हुन्छन् । विभागका केही नियमन कार्यकलाप यस्ता छन्  :

  • सहकारी संस्थाको दर्ता
  • सहकारी संस्थाको निरीक्षण
  • सहकारी संस्थाको विनियममा संशोधन स्वीकृति
  • प्रणालीगत, गैरस्थलगत एवं स्थलगत अनुगमन
  • गुनासो सुनुवाइ
  • लेखापरीक्षण कार्यको अनुसरण तथा सहकारी संस्थाले कानुनबमोजिम लेखापरीक्षण नगराएकोमा लेखापरीक्षकको नियुक्ति
  • सहकारी संस्थाको वित्तीय विश्लेषण
  • सन्दर्भ ब्याजदर, सेवा तथा नवीकरण शुल्क निर्धारण
  • सहकारी सिद्धान्त, मूल्य, मान्यता एवं कानुनी व्यवस्थाको पालनाका लागि निर्देशन
  • उपचारात्मक उपायहरू
  • समस्याग्रत सहकारी संस्था घोषणाको सिफारिस
  • प्रादेशिक तथा स्थानीय सरकारसँग नियमन सहकार्य
  • सहकारी संस्थाको एकीकरण, विभाजन, स्थानीयकरणलगायत पुनर्गठनका कार्यहरू
  • सहकारी संस्थाको विघटन र लिक्विडेटरको नियुक्ति
  • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जस्ता अन्य सम्बन्धित कानुनका प्रावधानहरूको पालना ।

ख. प्रवर्धन

विभागले कुनै प्रवर्धन कार्यकलाप गर्दा—

  • समस्याको अनुभूति मिल्ने;
  • साझा स्वामित्वको भावना जगाउने;
  • कार्यमूलक सञ्जालीकरणमा सघाउने;
  • प्रयत्नहरूमा परिपूरकता सुनिश्चित तुल्याउने;
  • पुनः रचनाका अवसरहरूको सर्वेक्षण गर्ने;
  • आसलाग्दा व्यावसायिक विचारहरू कार्यान्वयनमा ल्याउने र
  • स्व–शासकीय संयन्त्रहरू स्थापित गराउने हेतु लिएको हुन्छ ।

विभागका प्रायः सञ्चालन हुने प्रवर्धन गतिविधिमा देहायका पर्दछन् :

  • जनचेतना अभियानहरू;
  • खास समूहहरू (जस्तै– बेरोजगार श्रमिक वा भूमिहीन कृषक) का सहकारी संस्था गठन;
  • एकीकृत तथ्याङ्क-आधार सृजना एवं उपलब्धिहरूको प्रक्षेपण
  • सहकारी व्यावसायिक आयोजना वा सुधारका पहलकदमीका लागि बीउपुँजी, स्थिर पुँजी एवं कार्यक्रम अनुदान र
  • भन्सार महसुल वा रजिष्ट्रेशन दस्तुर छुटजस्ता विशेष वित्तीय प्रोत्साहनका लागि   सिफारिस ।

ग. प्रशिक्षण

विभागका प्रशिक्षण क्रियाकलापहरू ज्यादातर प्रादेशिक तथा स्थानीय अधिकारीहरूका अग्रसरताहरूको सहयोगका लागि चलाइन्छन् । काठमाडौँको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रबाट विशेषीकृत नियमन, व्यवस्थापन र नेतृत्व प्रशिक्षण दिइन्छ । यो स्रोत केन्द्र पनि हो र अनुसन्धान, सामग्री विकास  एवं प्रशिक्षक प्रशिक्षणमा घना रूपमा संलग्न हुन्छ ।

Website Views:
Web Counter