प्रकाशित मिति : २०१८-१०-२९

विभागीय सङ्गठन देहायको विचारधाराबाट अनुप्राणित छ :

क. परिकल्पना : जनजीवनमा सहकारिता
अर्थात् -
  • समुदायस्तरमा सहकारी संस्थाहरू स्थापित हुनेछन्;
  • आम कृषक, कालिगड, श्रमिक, उपभोक्ता एवं विपन्नजन सहकारी  गतिविधिमा जुटेका भेटिनेछन् र
  • सहकारी गतिविधिका प्रभावले सदस्यहरूको जीवनयापनको स्तर गरिबी–रेखा नाघेर माथि–माथि पुग्नेछ।
ख. ध्येय : सहकारीपनका लागि नियमन
अर्थात् -
  • सहकारी मूल्य, सिद्धान्त र मान्यताहरू प्रचलित हुनुपर्दछ;
  • सहकारी प्रक्रियाहरू विपन्नतम सदस्यको सशक्तीकरणमा सहयोगी बन्नुपर्दछ र 
  • सदस्यहरूको सहभागितामूलक लोकतान्त्रिक नियन्त्रणबाट सहकारी सङ्घसंस्थाहरूमा सुशासन कायम राखिनुपर्दछ ।
ग. मूल्यहरू
विभागले देहायका मूल्यहरूको जगेर्ना गर्नेछ :
  • इमान्दारी
  • लगनशीलता 
  • आपसी भरोसा 
  • पेसापरायणता ।
Website Views:
Web Counter