विभागले कुनै प्रवर्धन कार्यकलाप गर्दा—

  • समस्याको अनुभूति मिल्ने;
  • साझा स्वामित्वको भावना जगाउने;
  • कार्यमूलक सञ्जालीकरणमा सघाउने;
  • प्रयत्नहरूमा परिपूरकता सुनिश्चित तुल्याउने;
  • पुनः रचनाका अवसरहरूको सर्वेक्षण गर्ने;
  • आसलाग्दा व्यावसायिक विचारहरू कार्यान्वयनमा ल्याउने र
  • स्व-शासकीय संयन्त्रहरू स्थापित गराउने हेतु लिएको हुन्छ ।

विभागका प्रायः सञ्चालन हुने प्रवर्धन गतिविधिमा देहायका पर्दछन् :

  • जनचेतना अभियानहरू;
  • खास समूहहरू (जस्तै- बेरोजगार श्रमिक वा भूमिहीन कृषक) का सहकारी संस्था गठन;
  • एकीकृत तथ्याङ्क-आधार सृजना एवं उपलब्धिहरूको प्रक्षेपण
  • सहकारी व्यावसायिक आयोजना वा सुधारका पहलकदमीका लागि बीउपुँजी, स्थिर पुँजी एवं कार्यक्रम अनुदान र
  • भन्सार महसुल वा रजिष्ट्रेशन दस्तुर छुटजस्ता विशेष वित्तीय प्रोत्साहनका लागि सिफारिस ।