Published On: 2025-03-14
वालवालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (Global Money Week-GMW) 'ग्लोवल मनी विक' मनाइदै आएकोमा यस वर्ष पनि 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ २०२५ मार्च १७देखि २३ (२०८० चैत्र ४ देखि १०) सम्म Global Money Week को १३ औं श्रृंखला मनाउन लागिएको हो । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर Global Money Week-2025 मनाउनका लागि वरिष्ठ डेपुटी गभर्नरज्यूको संयोजकत्वमा गठित अन्तरनियामक Global Money Week Streering Committee (GMWSC) को मिति २०८१/११/२० मा वसेको बैठकवाट Global Money Week-2025 मनाउनका निम्ति सरोकारवाला निकायहरुलाइ आव्हान गर्ने निर्णय भएको व्यहोरा अवगत गराउदै यस वर्ष पनि गत वर्षहरुमा जस्तै वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गरी उत्साहपुर्वक मनाउनु हुन र कार्यक्रम सम्पन्न भएका फोटोसहितका विवरण यस विभागमा समेत उपलब्ध गराइदिनु हुन अनुरोध छ ।