वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा दशमी - २५
१४ बैशाख, २०८२
प्रकाशित मिति: २०१९-०७-११
सहकारी संस्थाहरूलाई व्याज पुँजीकरण नगर्ने सम्बन्धमा सहकारी विभागको सूचना
सहकारी ऐन, २०७४ को दफा ५० को उपदफा (५) मा सहकारी संस्थाले प्रदान गरेको ऋणमा लाग्ने व्याजलाई मूल ऋणमा पुँजीकृत गरी सोको आधारमा व्याज लगाउन नपाइने व्यवस्था रहेको बेहोरा विदितै छ ।
तदनुसार सहकारी संस्था, सङ्घ वा बैङ्कले आफूले प्रदान गरेको ऋणमा लाग्ने व्याजलाई साउँ रकममा जोडी व्याज लगाउने कार्य नगर्नु, नगराउनु हुन सूचित गरिन्छ ।
अन्यथा कानुनबमोजिम कारबाई गरिने बेहोरासमेत जानकारी गराइन्छ ।